Quantcast
Channel: योगासन – Health Post Nepal
Viewing all articles
Browse latest Browse all 7

दैनिक योगासनले हुन्छन् यस्ता ११ अद्भुत फाइदा

0
0

पहिले जान्नुहोस्, स्वास्थ्यका लागि किन आवश्यक छ योगासन, त्यसपछि व्यस्त दैनिकीबाट १५ मिनेट भए पनि योगका लागि निकाल्नुहुनेछ र पाउनुहुनेछ अद्भुत लाभ ।

योगासन किन र कसरी फाइदाजनक छ ?
योगासन शरीर र मन दुवैका लागि फाइदाजनक छ, यो कुरा सबैजसोलाई थाहा छ । त्यसैले प्रत्येक वर्ष २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउने गरिएको छ । पूर्वीय ज्ञान र सभ्यताको देनका रूपमा रहेको योग सुरुमा विशेषगरी नेपाल, भारतलगायत देशमा मात्र अभ्यास गरिँदै आएकोमा पछिल्लो समय सम्पूर्ण विश्वमा लोकप्रिय बनेको छ । यसको कारण योगमा रहेको त्यो अलौकिक शक्ति नै हो, जसले मानिसलाई शारीरिक तथा मानसिक रूपमा पूर्णतः स्वस्थ र तन्दुरुस्त राख्छ । पछिल्लो समय नसर्ने रोगको बिगबिगी विश्व स्वास्थ्य र विज्ञानका लागि प्रमुख चुनौती बनिरहेका वेला यसबाट बच्ने एक मात्र उपाय योग र ध्यानलाई स्विकारिएको छ । योगले आधुनिक चिकित्साविज्ञानको पहुँचबाहिरका असाध्य रोगलाई निर्मूल पार्ने क्षमता राख्दछ । आधुनिकताको विकाससँगै मानिसमा खड्किएको शान्ति र आरोग्यको प्राप्ति केवल योगका माध्यमले मात्र हुन सक्नेमा आज पूरा विश्व सहमत भइसकेको छ । साथै, स्वास्थ्यका दृष्टिले मात्र नभई आध्यात्मिक दृष्टिले हेर्दा योग साधनामा अन्ततः आत्मालाई परमात्मामा लीन गराउने क्षमता रहेको विश्वास लिइँदै आएको छ । योगासनका माध्यमबाट मानिस स्वस्थ जिन्दगी बाँचिरहेका छन् भने कैयौँ प्रकारका रोगलाई निको पारिरहेका छन् ।

यदि तपाईंको पनि योगासन शरीरका अप्ठ्यारा पोजहरू हुन्, जसको अभ्यास गर्न निकै कठिन हुन्छ भन्ने बुझाइ छ भने सम्झिनुहोस्, योगासनबारे तपाईंले धेरै कुरा जान्नु अवश्यक छ । संसारका तमाम अनुसन्धान तथा अध्ययनले यो स्पष्ट गरिसकेका छन् कि, नियमित योगासन गर्नाले शरीर स्वस्थ रहन्छ र जीवनशैलीसित जोडिएका रोगहरू, जस्तै, उच्च रक्तचाप, मधुमेह, हृदयाघातलगायतको खतरा कम गर्न सकिन्छ । यसका अलावा योगासनले शरीर लामो समयसम्म बूढो हुँदैन । आउनुहोस्, योगासनका ११ अद्भुत फाइदाबारे जानौँ :

दुखाइबाट मुक्ति पाउन योग
योगले लगभग हरेकप्रकारका दुखाइ र पीडालाई निर्मूल पार्न मद्दत गर्छ । योगको श्वास र स्ट्रेचिङ प्रविधिद्वारा तपाईं शरीरमा रहेका कैयौँप्रकारका विषाक्त पदार्थहरूको सही सन्तुलन बनाउन सक्नुहुन्छ । यसमा रगत पनि पर्दछ, जसले सामान्यतया शरीरका लागि आवश्यक पोषकतत्त्व पुर्याउन तथा टक्सिनलाई हटाउने काम गर्दछ । एकपटक शरीरको रक्तसञ्चार प्रणालीमा सुधार आयो भने शरीरले पीडा तथा दुखाइको राम्ररी सामना गर्न सक्छ । यसको अर्थ हो कि, तपाईंलाई पीडा तथा दुखाइको महसुस कम हुन्छ र शरीर सुन्निन पनि पाउँदैन । शरीरको रक्तसञ्चार प्रणली सही हुनुको अर्थ यो पनि हो कि, तपाईंको शरीरका यावत् रोगहरू स्वतः ठिक हुने प्रक्रिया तीव्र गतिमा हुँदै छन् । तपाईंको शरीरको रक्तसञ्चार प्रणालीमा सुधार तथा स्वस्थता नियमित योगासन तथा प्राणायमले प्रदान गर्छ ।

शरीरमा लचिलोपन बढाउन योग
जोर्नी, हड्डी तथा मांसपेशीसम्बन्धी रोगसित जुधिरहेका बिरामीका लागि योग अत्यन्त उपयोगीसिद्ध हुन सक्छ । योगले शरीरमा लचिलोपन ल्याउँछ । योगमार्फत हामी बेहत्तर काम गर्न सक्छौँ र हाम्रो पकड मजबुत बनाउन सक्छौँ । हामी चिजवस्तुलाई बेहत्तर तरिकाले खैँचन वा धकेल्न सक्छौँ । अर्थात्, मांसपेशीसित जोडिएका काम गर्नु हाम्रा लागि अपेक्षाकृत आसन हुन जान्छ । यसबाट चोट लाग्ने खतरा पनि कम हुन्छ । योग हाम्रो शरीरका लागि बहुतै उपयोगी व्यायाम हो । यसबाट पूरै शरीरका मांसपेशीको कसरत हुन्छ । यसबाट हाम्रो शरीरले अधिक मजबुत भएर काम गर्छ ।

एकाग्रता बढाउन योग
यदि तपाईंको मस्तिष्क शान्त छ भने तपाईं कुनै पनि कुरामा राम्रोसँग एकाग्र हुन सक्नुहुन्छ । यसबाट तपाईंको स्मरणशक्ति बढ्छ । योग र ध्यानबाट तपाईंको प्रतिक्रियात्मक समय कम हुन्छ । यसबाट तपाईं कुनै पनि विषय वा चिजमा सही तरिकाले लामो समयसम्म ध्यान केन्द्रित गर्न सक्नुहुन्छ । यसबाट तपाईंको कार्यक्षमतामा पनि वृद्धि हुन्छ । साथै, तपाईं दैनिक कार्ययोजनालाई राम्ररी क्रियान्वित गर्न सक्षम हुनुहुन्छ ।

मुटुस्वास्थ्यमा सुधार ल्याउन योग
आजकल कार्डियोभास्कुलर रोगहरू (मुटुसम्बन्धी रोगहरू) आम बनिसकेका छन् । ३० को उमेरमै यस्ता रोगले मानिसलाई घेर्न सुरु गर्छन् । हाम्रो जीवनशैली शिथिल भइसकेको छ । यसबाट मुटुसम्बन्धी रोग तथा स्ट्रोक हुने खतरा बढिरहेको छ । योग यस्तो व्यायाम हो, जसले मुटुस्वास्थ्यमा सुधार ल्याउन चामत्कारिक असर देखाउँछ । श्वसप्रश्वास प्रक्रियालाई नियन्त्रित गरेर योगले हाम्रो धडकनलाई नियमित तथा नियन्त्रित गर्नमा मद्दत पुर्याउँछ । नियमित योग गर्ने व्यक्तिमा अयधक मिहिनेत गरेको अवस्थामा पनि मुटुमा कम असर पर्छ । योगबाट राम्रो रगतमा अधिक मात्रामा अक्सिजन पुग्दछ, जसले मुटुलाई स्वस्थ बनाउँछ ।

असाध्य रोगबाट बच्ने निर्विकल्प उपाय योग
पछिल्लो समय चिकित्साविज्ञानले सरुवारोगको नियन्त्रणमा धेरै हदसम्म सफलता हात पार्न सफल भइरहँदा नसर्ने रोगहरू भने विश्व स्वाथ्यकै चुनौतीका रूपमा देखापरेका छन् । आधुनिकता र अस्वस्थकर जीवनशैलीको अनुसरणसँगै अस्वाभाविक रूपमा बढिरहेका क्यान्सरलगायत घातक रोगहरूको चुनौतीको चिकित्साविज्ञानले डटेर सामना गर्न सकिरहेको छैन । यस्तोमा यी रोगबाट बच्ने उपाय भएको नियमित योग, प्राणायाम, व्यायाम तथा योगनिर्दिष्ट स्वास्थकर जीवनशैलीको अवलम्बन नै भएको चिकित्सकहरू समेत स्वीकार गर्छन् । रोग लागिसकेमा पनि कतिपय अवस्थामा सही तरिकाको उपयोग गरी गरिने योगाभ्यासका माध्यमबाट असाध्य मानिएका यस्ता रोगलाई जितेका उदाहरणहरू प्रशस्त छन् । पछिल्लो स्वास्थ्य चुनौतीको सामना गर्न सक्ने निर्विकल्प उपायका रूपमा योगलाई बुझेर नै आज पूरा विश्वले नै यसलाई अंगीकार गरेको हो । तसर्थ, नियमित योग र स्वस्थ जीवनशैलीको अनुसरणले तपाईं असाध्य रोगबाट बच्न सक्नुहुन्छ ।

वजन घटाउन योग
यो कुरालाई ध्यानमा राख्नुहोस् कि, योगले तपाईंको आहारमा नियन्त्रण राख्ने सल्लाह दिन्छ । यदि तपाईं योगको साथमा सही आहारको सेवन गर्नुहुन्छ भने तपाईंलाई अधिकतम फाइदा पुग्छ । योगले तपाईंको तौल नियन्त्रित राख्नमा मद्दत गर्छ । योगले तपाईंको पूरै शरीरका मांसपेशीमा सकारात्मक असर पुर्याउँछ । यसबाट पूरै शरीरमा पौष्टिकतत्वको सही अनुपातमा विस्तार हुन्छ । योगले तपाईंको मेटाबोलिक रेटलाई सुधार्छ । योगका क्रममा तपाईंले अधिक क्यालोरी खर्च गर्नुहुन्छ, जसबाट तपाईंको वजन कम हुन्छ र तपाईं पहिलेभन्दा निकै जवान देखिनुहुन्छ । योगले उमेर बढाउने तत्त्वहरूमा सकारात्मक असर पुर्याउँछ र तपाईंको छालामा निखार ल्याउँछ ।

मनलाई शान्त राख्न योग
योगमा श्वास लिने प्रक्रिया बहुत महत्त्वपूर्ण हुन्छ । योगले श्वासमा नियन्त्रण राख्ने कला सिकाउँछ । योगले मस्तिष्कका दुवै हिस्सामा सन्तुलन बनाउँछ र मनलाई शान्त बनाउँछ ।

तनाव कम गर्न योग
आफ्नो व्यस्त कार्यतालिकापश्चात् जब तपाईं योगाभ्यास गर्नुहुन्छ, बिस्तारै, बिस्तारै सारा तनाव सारा तनाव छुट्दै गएको महसुस गर्नुहुन्छ । यसको अर्थ यो होइन कि, योग मात्र तनाव कम गर्ने एक मात्र उपाय हो । कुनै पनि व्यायाम यदि तपाईं मन लगाएर गर्नुहुन्छ र श्वासक्रियालाई सही ढंगले दोहोर्याउनुहुन्छ भने तनावबाट राहत अवश्य मिल्छ । तर, तनाव कम गर्ने सर्वोपयुक्त उपायका रूपमा भने योग सिद्ध भइसकेको विषय हो ।

सन्तुलन बनाउन योग
तपाईंको गलत पोस्चरका कारण तपाईं बिस्तारै, बिस्तारै शरीरको सन्तुलन गुमाउँदै जानुहुन्छ र छिटपुट दुर्घटनाको सिकार बन्न सक्नुहुन्छ । अचानक कहीँ लड्नु, फ्याक्चर हुनु, मेरुदण्डमा दुखाइ हुनु, कतिपय अवस्थामा सन्तुलन कायम गर्न नसक्नुका कारणले पनि हुन्छन् । योगले तपाईंलाई सन्तुलन कायम राख्नमा ठूलो मद्दत गर्छ ।

रक्तसञ्चार प्रणालीमा सुधारका लागि योग
योगासन, प्राणायम तथा श्वास–प्रश्वासका उपयुक्त तरिकाको माध्यमबाट तपाईं शरीरमा रक्तसञ्चारलाई बेहत्तर बनाउन सक्नुहुन्छ । रक्तसञ्चार राम्रो भएमा शरीरका सबै अंगमा अक्सिजन पुग्नमा समस्या हुँदैन र तपाईंको छालामा सधैँ चमक रहिरहन्छ । यसले तपाईंका शरीरका सबै महत्त्वपूर्ण अंगलाई स्वस्थ राख्न मद्दत गर्छ ।

गर्भावस्थामा योग
गर्भवती भएको वस्थामा योग ज्यादै फाइदाजनक हुन्छ । गर्भवतीको अवधिमा चिकित्सकको सल्लाहमा सही तरिका अपनाएर गरिने योगासनले तपाईंलाई फिट राख्न मद्दत गर्छ । योगले थकान र तनावलाई दूर गर्नमा मद्दत गर्छ । यसले मांसपेशीहरूलाई शक्ति मिल्छ । योगले पाचनक्रियालाई संन्तुलित गर्नुका साथै नर्भस सिस्टमलाई पनि सन्तुलनमा राख्दछ । योगले गर्भवती भएको अवधिमा आउने अनेक समस्या, जस्तै, अनिद्रा, मेरुदण्डको दुखाइ, खुट्टाको दुखाइलगायत समस्यामा राहत दिन्छ ।

तर,गर्भवती भएको अवस्थामा चिकित्सकको सल्लाहविना योग गर्नाले तपाईंको स्वास्थ्यमा नोक्सानी पनि पुग्न सक्छ ।


Viewing all articles
Browse latest Browse all 7

Latest Images

Trending Articles





Latest Images